समिश्रण
पर्खन बिर्सिएकाहरूले
एकचोटी
ति बिरुवाहरूलाई सोध्नू
पर्खाइमा मिठास कति हुन्छ भनेर?
पिडा सहन नसक्नेले
एकचोटी
ति ढुङ्गाहरूलाई सोध्नू
पहाड देखी खस्दै खस्दै
एउटा मुर्ती हुन
कति दुख्यो भनेर?
संघर्ष गर्न डराउनेले
एकचोटी
ति खोलाहरूलाई सोध्नू
आफ्नो बाटो बनाउन
कति संघर्ष गर्नुपर्यो भनेर?
जिन्दगीको परिभाषा सोध्नेहरुलाई भनिदिनू
जिन्दगी,
पर्खाइ, दुखाइ र संघर्षको समिश्रण हो भनेर।
सौरभ कार्की