काठमाडाैँ - कोलकाता नाइटराइडर्सका तिब्रगतिका बलर पाट कुमिन्सले यो सिजनको इन्डियन प्रिमियर लिगको बाँकी खेल गुमाउने भएका छन। चोटका कारण उनले कोलकाताका बाँकी खेल खेल्न नसक्ने भएका हुन।
कोलकाताले खेलको अघिल्लो खेलमा मुम्बई इन्डियन्सविरुद्ध खेल्दा हिपको चोट बोकेका कुमिन्सलाई निको हुनका लागि समय लाग्ने भएकाले उनले आइपीएलका बाँकी खेल गुमाउने भएका हुन।
कुमिन्सले बाँकी खेल खेल्न नसक्ने भएपछि कोलकाता टिम छोडि स्वदेश फर्किने तयारी गरेका छन।