नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ - नेपाल र साउदी अरबबीच सहयोग सम्झौता (जनरल कोअपरेसन एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ। नेपाल भ्रमणमा रहेका साउदीका विदेशमन्त्री फैसल विन फरहान र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरब विदेशमन्त्री स्तरीय बैठक चलेको थियो। बैठकपछि दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयोग तथा सहकार्य गर्न बाटो खुलेको छ।

नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए। उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×