पूजा मिश्राले लगाइन् अभिनेता शत्रुघ्न सिन्हामाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ - भारतीय रियालिटी शो 'बिग बोस'को सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप लगाएकी छन्।

पूजाले शत्रुघ्न सिन्हा र उनकी पत्नी पूनम सिन्हाले आफ्नो फिल्मी करिअर बर्बाद गरेको र यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

पूजाले भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको एक अन्तर्वार्तामा भनेकी छन्, 'उनीहरूको अपराध अर्कै किसिमको थियो। उनीहरू मलाई बेहोस बनाएर काम गर्न लगाउन थालेका थिए। मेरो भर्जिनिटी बेचेर शत्रुघ्न सिन्हाले आफ्नो छोरी सोनाक्षीलाई स्टार बनाए।' 

साथै, उनले आफूलाई अफर आएको फिल्म ‘दवंग’मा सोनाक्षीलाई खोलाउने शत्रुघ्न सिन्हाले जालझेल गरेको बताएकी छन्। अभिनेता शत्रुघ्नका छोरा लव एस सिन्हाले भने पूजाको आरोपलाई झुट्टो भएको बताएका छन्। 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत पूजाको अवस्था मानसिक रूपमा असन्तुलित रहेको बताउँदै लेखेका छन्, 'उनको यस्तो आरोपले मानसिक अवस्था असन्तुलित भएको प्रमाणित हुन्छ। उनलाई चिकित्सकिय उपचारको आवश्यकता छ। यस्तो प्रमाण नभएको आरोपको विषयमा समय बर्बाद गर्न आवश्यक छैन।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×