अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने बताइएको छ। सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो। 

बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने,‘हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं।’

‘अब, यो बैठक केही हप्ता टाढा छ  त्यसैले  यस बीचमा धेरै कुरा विकसित हुन पनि सक्छ’, साकीले भने, ‘निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा चीजहरू कहाँ खडा छन् भन्ने बारे बताउनुहनेछ।’

अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०–२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्ने समेत, ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ। टोकियोमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन्।  ‘हामी यस यात्राको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौं’, ह्वाइट हाउसले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा क्वाडको प्रत्यक्षरूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×