नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको विजेता

काठमाडौँ - टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने ‘टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता’ अन्तर्गत यस संस्करणको पुरस्कार बुटवलकी निकिता भट्टराईले जितेकी छिन्। उनी समूह सी अन्तर्गत उत्कृष्ट बन्न सफल भएकी हुन्।

विश्वभरबाट करिब ५ लाख ३० हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये सबै समूहका गरी २४ वटा चित्र विजयी भएको कम्पनीले जनाएको छ।  जसमध्ये निकिताको ‘आर्टिफिसियल इन्टिलिजेन्स बेस्ड कार’ उत्कृष्टता पर्न सफल भएको हो।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले विशेष कार्यक्रम आयोजना गरी विजेतालाई कम्पनीकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, वरिष्ठ निर्देशक कैलाश भक्त राजभण्डारी तथा महाप्रबन्धक महेश कुमार यमले सर्टिफिकेट र शिल्ड हस्तान्तरण गरेका छन्।

साथै, उक्त उपाधि जिते स्वरुप टोयोटा जापानका तर्फबाट उनले ३ हजार अमेरिकी डलर समेत पाउने छिन्। यस ड्रिमकार आर्टको अन्तर्राष्ट्रिय प्रतियोगितामा हरेक वर्ष लगभग ७८ देशले सहभागिता जनाउँने गर्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×