महिला क्रिकेटका चार ठूला प्रतियोगिता घोषणा

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२४ देखि २०२७ सम्म आयोजना हुने महिला क्रिकेटको ४ ठूला प्रतियोगिताको घोषणा गरेको छ।

आइसिसीले घोषणा गरेको प्रतियोगिता अनुसार बंगलादेशले २०२४ मा महिला टी-२० विश्वकप आयोजना गर्नेछ। यो बंगलादेशले आयोजना गर्ने पहिलो आइसिसी महिला प्रतियोगिता हुनेछ।

यस्तै, २०२५ मा एक दिवसीय विश्वकप भारतमा हुँदा २०२६ को टी-२० विश्वकप इंल्याण्डले आयोजना गर्नेछ। २०२७ मा टी-२० च्याम्पियन्स ट्रफी श्रीलंकामा हुनेछ।

बंगलादेशले २०१४ को पुरुष टी -२० विश्वकप आयोजना गरेको एक दशकपछि महिला टी-२० विश्वकपको आयोजना गर्ने मौका पाएको हो। सेप्टेम्बर-अक्टोबरमा हुने प्रतियोगितामा १० टोलीले २३ खेल खेल्नेछन्।

भारतले पाँचौँ पटक महिला एक दिवसीय विश्वकप आयोजना गर्दै छ। प्रतियोगितामा ८ टोलीले ३१ खेल खेल्नेछन्। इंल्याण्डमा हुने टी-२० विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ३३ खेल हुनेछ।

पहिलो पटक हुन लागेका च्याम्पियन्स ट्रफीमा ६ टोलीले सहभागिता जनाउँदा कुल १६ खेल हुनेछन्। तर, आइसिसीले आयोजक श्रीलंका प्रतियोगिताका लागि छनोट नभएमा यसलाई अन्यत्र सारिने बताएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×