चित्रपुस्तक ‘रमाइलो सपना’मा चलाख मुडुले केटोको कथा

काठमाडौँ - मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्रांकनमा रहेको पुस्तक 'रमाइलो सपना' प्रकाशित भएको छ। सिरिन टर्कीस लेखक तथा पत्रकार हुन्। उनको २ वटा चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। 

चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन्। उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्रा‌कंन गरिएको छ। चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो। उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ।

चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ। एकदिन ऊ गुलेली लिएर शिकार खेल्न जान्छ र ४० वटा चराहरू मारेर घर फर्किरहेको हुन्छ। फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ। आफूले शिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ। 

चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न शुरू गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्‍याउँछ। मुद्दा राजा समक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी शुरू हुन्छ। 

भेट्नेबित्तिकै राजाले उसलाई जेल हाल्न लगाउँछन्। अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला?

बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमूलक हुने प्रकाशन गृहले जनाएको छ। यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरू पुस्तक पढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×