मोक्तान दम्पती अमेरिकामा सम्मानित

काठमाडौँ - अग्रज संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तान पछिल्लो महिनाबाट अमेरिकामा छन्। उनीहरु आफ्ना सांगीतिक प्रस्तुतिका लागि अमेरिका पुगेका हुन्।

यसै क्रममा उनले यतिबेला उनीहरु अमेरिकामा सम्मानित भएका छन्। मेरिल्साण्ड सासंद ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यको तर्फबाट कुन्ती मोक्तान तथा शिलाबहादुर मोक्तानलाई सम्मान गरेका छन्। नेपाली सुगम संगीतमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै यो सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ।

सांसद भण्डारी र अन्तराष्ट्रिय कलाकार संघका संस्थापक अध्यक्ष राम प्रसाद खनालले मोक्तान दम्पतिलाई सो सम्मान पत्र प्रदान गरेका थिए। भर्जिनियाको मनासस्मा आयोजित ‘कुन्ती मोक्तान साँझ-२०२२’ मा यी दम्पतीलाई सो सम्मान गरिएको थियो।

गायिका कुन्ती मोक्तानले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित तीन सय भन्दा बढी दर्शकलाई नचाएकी थिइन्।

रुषाज् ईन्टरप्राईजेज ले आयोजना गरेको सो कार्यक्रमलाई सञ्चारकर्मी सरोज केसीले संचालन गरेका थिए।

सो कार्यक्रममा अग्रज संगितकार शिला बहादुर मोक्तानले पनि आफ्नै स्वरमा गित गाएर सुनाएका थिए। कार्यक्रममा पछिल्लो पुस्ताकी गजल गायिका ईसान्भी मिश्रले केही गीत प्रस्तुत गरेको सो कार्यक्रममा सरिसा अधिकारीले कुन्ती मोक्तानलाई चोली राम्रो पाल्पाली गीतमा नृत्य प्रस्तुत गरेर साथ दिएकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×