बार्सिलोना र सिटीबीच रोमाञ्चक बराबरी

काठमाडौँ - बार्सिलोना र म्यानचेस्टर सिटीबीच बुधबार राति भएको मैत्रिपूर्ण खेल रोमाञ्चक बराबरीमा सकिएको छ। बार्सिलोना भ्रमणमा पुगेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु समर्थकमाझ ३-३ गोलको बराबरी खेलेको हो।

२१औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले अग्रता लिएका थियो। तर २९औँ मिनेटमा औवामियाङले बार्सिलोनालाई बराबरीमा ल्याएका थिए।

६६औँ मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २-१ को अग्रता दिलाएका थिए। तर सिटीले ३ मिनेटपछि नै ७०औँ मिनेटमा कोल पाल्मेरको गोलबाट पुनः खेललाई २-२ को बराबरीमा ल्यायो।

दोस्रो हाफमा पुन अग्रता बनाउने क्रममा बार्सिलोनाले डिपाएको गोलमार्फत ७८औँ मिनेटमा खेललाई ३-२ को अवस्थामा पुर्याएका थिए। तर जितोन्मुख बार्सिलोनालाई इन्ज्युरी समयमा झट्का लागेको थियो। अन्तिम समयमा पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्दा सिटी हारबाट जोगियो भने खेल रोमाञ्चक बराबरीमा सकियो। 

'द ग्रेट गेम फर द ग्रेट कज' अर्थात् महान कार्यका लागि महान् खेल नामकरण गरेर सिजनको बिचमै मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो। विशेषगरी निको नहुने नसा सम्बन्धी रोग ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस’ (एएलएस) सम्बन्धी सचेतना र पीडितलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले खेल आयोजना गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×