क्रोएसियाद्वारा डेनमार्क पराजित

काठमाडौँ - क्रोएसियाले यूईएफए नेसन्स लिगको ग्रुप १ मा डेनमार्कलाई पराजित गरेको छ। मिडफिल्डर मारियो पासालिसको गोलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो।

पार्केन कोपेनहेगनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन दोस्रो हाफमा मारियो पासालिसले गरेको गोल नै निर्णायक गोल बनेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ६९औं मिनेटमा गोल गरेका थिए।

खेलको ८७औं मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरे पनि अफसाइड ठहरिँयो। त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भएको हो। यो जितसँगै क्रोएसिया ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ। समान ४ अंक नै रहे पनि अस्ट्रिया दोस्रो स्थानमा छ। पराजित डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा फ्रान्स २ अंक जोेडेर पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×