बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ। अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो।

“किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो”, उपप्रमुख ज्योति लामिछानेले भने। बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निर्णय गरेको थियो। धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान गर्न लागिएको लामिछानेको भनाइ छ। 

खेतीयोग्य जमिन टुनी, चिमल, मौवा, उतिस, बाँसलगायत रुखबिरुवाले भरिँदै गएको छ। यसका साथै नगरप्रहरीका लागि समेत कार्यविधि बनाइने निर्णय गरिएको प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×