‘प्रसाद २’ को निर्देशनमा सुदर्शन थापा

काठमाडौँ - नेपाली फिल्म उद्योगको सफल चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ। ‘प्रसाद २’ सुदर्शन थापाले निर्देशन गर्ने भएका छन्।

प्रसादको पहिलो सिक्वेल भने दिनेश राउतले निर्देशन गरेका थिए। पुरानै टिम लिएर फिल्म बनाउने चर्चा चले पनि निर्देशनमा सौरभलाई समावेश गरिएको थियो। तर अहिले सौरभ फिल्मबाट हटेका छन्।

उनका ठाउँमा सुदर्शनलाई लिएर फिल्म बनाउने तयारी निर्माण टिमले थालेको छ। सुशील पौडेलको लेखन रहेने फिल्म सुवास थापाले निर्माण गर्ने भएका छन्। फिल्मको पहिलो सिक्वेलमा नम्रता श्रेष्ठ र विपिन कार्कीको मुख्य भूमिकामा रहेको थियो।

निर्माण टिमले दोस्रो सिक्वेलका लागि भने कलाकार सार्वजनिक गरेको छैन। कलाकारमा भने उनीहरु नै दोहोरिन सक्ने सम्भावना रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×