काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वकाको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरिएको जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । कांग्रेससहित चार दलको सहयोगमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिन लागेका हुन् ।