'दृश्यम २' ले दुई दिनमा कति कमायो?

काठमाडौँ - बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्मले राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट पनि सकारात्कम प्रतिक्रिया पाइरहेको छ।

‘दृश्यम २’ ले पहिलो दिन १५.३८ करोड भारतीय रुपैयाँ कमाएको थियो। पहिलो दिन फिल्मले १२ करोडको व्यापार गर्ने अनुमान गरिएको थियो। तर, फिल्मले सोचेभन्दा निकै राम्रो 'ओपनिङ' गरेको हो।

त्यसैगरि, दोस्रो दिन फिल्मको व्यापारमा वृद्धि भएको छ। शनिवार फिल्मले २०.७५ देखि २२.७५ करोडसम्मको कलेक्सन गरेको छ। फिल्मको २ दिनमा बक्सअफिसमा ३६.५० करोड भारतीय रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

ठूला शहरमा मल्टिप्लेक्स शो हाउसफुल भएको यस फिल्मले सिंगल स्क्रिनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो दिन नै ‘दृश्यम २’ ले पहिलो ओपनिङ डे कलेक्सनमा ‘भूल भुलैया २’ को १४ करोड ११ लाखको कीर्तिमान तोडेको छ। यो रेकर्डसँगै ‘दृश्यम २’ यसवर्षको बलिउडको अत्याधिक कमाई गर्ने फिल्म बन्ने समीक्षकहरुको अनुमान छ।

यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। अभिषेक पाठक निर्देशित यस फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×