कारोडौंको फ्ल्याट किनेपछी चर्चामा काजोल, कति छ मुल्य?

भारत। बलिउड अभिनेत्री काजोल अहिले चर्चामा छन्। काजोलले भर्खरै किनेको फ्ल्याटका कारण उनी चर्चामा आएकी हुन्। गत वर्ष पनि श्रीमान अजय देवगनसँग मिलेर उनले नयाँ घर किनेकी थिइन्। उनले मुम्बईको जुहुमा ६० करोड रुपैयाँ बराबरको घर किनेकी हुन्।

काजोलले पुन: सोही क्षेत्रमा दुई वटा नयाँ फ्ल्याट किनेकी छिन्, जसका कारण उनको चर्चा भइरहेको छ। उनले मुम्बईको सबैभन्दा महँगो क्षेत्र जुहुमा रहेको एउटै विल्डिङमा दुई फ्ल्याट किनेकी छिन्। ‘अनन्या’ विल्डिङमा रहेको उक्त फ्ल्याटको मूल्य ११.९५ करोड भारतीय रुपैँया रहेको छ।

२००० स्क्वायर फिटमा फैलिएको फ्ल्याट अनन्या बिल्डिङको १० औं तलामा रहेको जनाईएको छ। खबरका अनुसार काजोलले फ्ल्याटका कागजातमा हस्ताक्षर समेत गरिसकेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×