काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता डा. भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। धनगढीमा शुक्रबार आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै रावलले जेनजी विद्रोहका समयमा ओलीले राष्ट्रिय सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकी हेलिकप्टरमार्फत भागेको आरोप लगाए।
उनले भने, “राष्ट्रिय सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर हेलिकप्टरबाट भाग्ने केपी ओली अहिले गुन्डुको एक दुलोमा बसेर हुँकार गरिरहेका छन्। अब एक नम्बर पार्टीमा नेपाली कम्युनिस्ट पार्टी आइपुगेको छ।”
रावलले ताजा जनादेशमा जान आफूहरूको पार्टी तयार रहेको बताउँदै सरकारले निर्वाचनको वातावरण बनाउन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए। बाहिर रहेको ‘गोलीगठ्ठा’ नियन्त्रणमा लिएर सुरक्षित वातावरण बनाउन सरकारलाई अनुरोध पनि गरे।
युवाहरूको आवाज उठाउने शक्ति नेकपामात्र भएको दाबी गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याई नवयुवाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।