काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले जेनजी आन्दोलनका सहिदका परिवारलाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ। उक्त परिचयपत्र आमा, बुबा, श्रीमान्, श्रीमती, अविवाहित छोरी र अविवाहित छोरालाई वितरण गरिने छ।
सरकारले जेनजी आन्दोलनका सहिदहरूको योगदानलाई औपचारिक रूपमा मान्यता दिँदै दिवस घोषणा गरेको हो।