'आरआरआर'को ट्रेलर कहिले आउने?

भारत। दक्षिण भारतीय चलचित्र 'आरआरआर'को ट्रेलर ३ डिसेम्बरमा सार्वजनिक गरिनेछ। चलचित्रमा राम चरण तेजा, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्‌ट मुख्य भूमिकामा रहेका छन्। यो कुराको जानकारी आलियाले स्वयम् आफ्नो सामाजिक सञ्जालबाट दिएकी हुन्। उनले सामाजिक सञ्जाल स्टोरीमा चलचित्रको नयाँ पोस्टर शेयर पनि गरेकी छिन्। उक्त पोस्टरसँगै ट्रेलर प्रदर्शनको मिति पनि घोषणा गरिएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको चलचित्र तेलुगु, तमिल, मलयालम, कन्नड र  हिन्दी भाषामा ७ जनवरी २०२२बाट प्रदर्शनमा आउनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×