एमाले महाधिवेशन निर्वाचन प्रक्रिया अघि बढाउन भनिएको छैन : निर्वाचन प्रमुख

चितवन । नेकपा एमालेको महाधिवेशनमा निर्वाचन प्रक्रया अघि बढाउन पार्टीले अहिले सम्म निर्देशन नपाएको जानकारी नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले दिएका छन् ।
उनले निर्वाचनको काम अघि बढाउन निर्देशन पाएपछि मात्र महाधिवेशनको निर्वाचन प्रकृया अघि बढ्ने जानकारी दिए । अहिले चितवनमा भइ रहेको नेकपा एमालेको १०औँ महाधिवेशनको तेस्रो दिन पनि बन्दसत्र जारी रहेको छ । आज बिहान १० बजे पुनः बन्दसत्र सुरु हुने भए पनि अहिले सम्म निर्वाचनका लागि आवश्यक प्रकृयाहरु अघि बढेका छैनन् ।
महाधिवेशनको बन्दसत्रबाछ नयाँ नेतृत्व चयन गर्ने अधिकार एमाले अध्यक्ष केपीशर्मा ओलीले प्राप्त गरेका छन् । स्रोतका अनुसार उनले अध्यक्ष बाहेकका १८ पदाधिकारीको सुची तयार पारेको जानकारी उपलब्ध भएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×