ब्रेक फेल हुदा जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते

दाङ- दाङमा जन्ती चढेकाे गाडी दुर्घटनामा परेको छ। भारत बाट दुलही लिन काेइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतिय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा-५ चिसापानी नजिक दुर्घटना भएको हो। दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चाेट लागेकाे छ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउदै गरेको भ्यान शुक्रबार साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो। घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ। दुलहा अर्काे गाडीमा चढेका थिए। गाडीकाे ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×