काठमाडाैँ - इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मंगलवार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन्।
राजमार्गको पुलतर्फ चालकसहित १४ जना बोकेको एउटा मिनीबस जाँदै गर्दा पुलमुनि विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबूक पेजमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ।
मृत्यु हुनेहरू सबै एकै परिवारका रहेका छन्। ६ बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको जनाइएको छ। घटनामा घाइते भएका सबैलाई दुर्घटनास्थल नजिकैको सार्वजनिक अस्पतालमा भर्ना गरिएको समाचारमा जनाएको छ।