विदेशीँदै खेलाडि- फुटबलका दुई खेलाडी पुगे अष्ट्रेलिया

काठमाडौँ - राष्ट्रिय फुटबल टोलीबाट नियमित खेलिरहेका दुई खेलाडी अष्ट्रेलिया पुगेका छन्। इतिहास रच्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन्। 
दुवै खेलाडी सुरूमा अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता खेल्न त्यसतर्फ पुगेका थिए। तर, पछि दुवै खेलाडी सधैँका लागि प्रस्थान गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पनि कुनै जानकारी गराएका छैनन्। यद्यपि, जानुअघि प्रक्रिया पुर्याउन सहयोग भने मागेका थिए। 

‘दुई खेलाडी अष्ट्रेलिया पुगेको सम्बन्धमा हामीलाई कुनै आधिकारिक जानकारी छैन।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने। यता, खेलाडीद्वयले अष्ट्रेलियाको स्थानीय लिग खेल्न पुगेको बताए पनि उनीहरू निकटका साथीहरूले नफर्किने गरि अष्ट्रेलिया गएकाे बताएका छन्। ‘सुरुमा खेल्न गएको भनेको मात्रै हो। तर, उनीहरू फकर्ने अवस्थामा छैनन्।’  

यसअघि समेत राष्ट्रिय टोलीका एलन न्यौपाने र हेमन गुरुङ शीर्ष डिभिजन लिग चल्दा अष्ट्रेलियामा प्रतियोगिता खेल्न पुगेका थिए। एलन च्यालसमा आवद्ध थिए भने हेमन मछिन्द्र फुटबल क्लबसँग जोडिएका थिए। तर, दुवै खेलाडी नेपाल फर्किएर आएनन्। स्रोतका अनुसार दुवै खेलाडी नेपालमा भविष्य नदेखेको र निरन्तर प्रतियोगिता नहुँदा अष्ट्रेलिया पुगेका हुन्। 

स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा आशिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। आशिष सशस्त्र प्रहरी बल एपिएफको जागिरे समेत हुन्। उनी एपिएफ फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। यता, २६ वर्षीय सुमन भने श्रीलंकाविरुद्ध सन् २०१६ मा डेब्यु गरेका हुन्। त्यसयता उनी टिममा रहेका छन्।

एन्फा एकेडेमीका उनले माल्दिभ्समा भएको साफअन्तर्गत श्रीलंकाविरुद्ध ३–२ को जितमा एक गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×