नवलपुर – नेपाली चलचित्रका महानायक राजेश हमालले सोमबार देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाई गरेका छन्। उनी सोमबार बिहान ७ देखि ९ बजे सम्म नारायणी किनारमा सरसफाई गर्दै गरेको अवस्थामा देखिएका थिए।
नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापनमा उनी जुटेका थिए। सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसँगै स्थानीयबासीहरु समेत जुटेका थिए।
सरसफाइ कार्यक्रमपछि हमालले करिब एक घण्टा सवारी मार्फत त्यहाँको विभिन्न स्थान समेत अवलोकन गरेका थिए।