इंग्ल्यान्डले आइसिसी टी-२० विश्वकप २०२६ का लागि आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ। विश्वकपअघि श्रीलंकामा तीन एकदिवसीय र तीन टी-२० सिरिज खेल्ने इंग्ल्यान्डको कप्तानी ह्यारी ब्रुकले गर्नेछन्। चोटग्रस्त तेज बलर जोफ्रा आर्चर पनि टोलीमा रहेका छन्।
विश्वकपमा इंग्ल्यान्ड समूह ‘सी’ मा छ, जसमा नेपाल, बंगलादेश, वेस्ट इन्डिज र इटाली पनि छन्। समूहको पहिलो खेल नेपाल र इंग्ल्यान्डबीच माघ २५ गते मुम्बईमा हुने तय भएको छ।
इंग्ल्यान्ड प्रारम्भिक टोली:
ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, ब्राइडन कार्से, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशिद, फिल साल्ट, जोश टङ्ग, लुक उड।
.png)
.png)
.png)
.png)
.png)
.png)


