अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं - बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने २० वर्षीय मनोज चदारालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले भे.१० प ७२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक मनोजलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१ सिद्धार्थ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने दुई जना १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३२ वर्षीय त्रिभुवन चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय मिलिग्राम र नगद ४१ हजार रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरीया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×