‘अभिन्न’मा निर्माताका रुपमा जोडिए मिन भाम

काठमाडौँ - प्रशान्त रसाईंलीको निर्देशनमा बनेको फिल्म ‘अभिन्न’मा निर्देशक मीनबहादुर भाम निर्माताको रुपमा जोडिएका छन्।

कार्मको मूख्य भूमिका रहेको फिल्ममा ‘कालोपोथी’का निर्देशक भाम निर्माताका रुपमा जोडिएका हुन्।

हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्म साहित्यकार लैनसिंह वाङ्देलको चर्चित कृति ‘लंगडाको साथी’माथि आधारित रहेको छ। दार्जिलिङमा छायांकन गरिएको फिल्ममा एक कुकुरसँगको सम्बन्धको बारेमा चित्रण गरिएको छ।

यसअघि विभाकरसुन्दर शाक्य मात्रै निर्माता रहेको फिल्ममा अहिले भाम पनि जोडिएका हुन्। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्म निर्माण पक्षले जनकारि दिएको छ।

भाम अहिले आफूले निर्देशन गर्ने तयारीमा रहेको फिल्म ‘चिसो वर्ष’को तयारीमा छन्। आगामी दुई सातापछि पोस्ट प्रोडक्सन सुरु हुने यो फिल्मको छायांकन सन् २०२२ को अन्तिमदेखि सुरु हुने योजना छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×