मेस्सी २०२४ सम्म पीएसजीमा रहने

काठमाडौँ - फिफा विश्वकप विजेता लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग कम्तीमा सन् २०२३/२४ सिजनसम्म क्लबमै बस्ने गरी समझदारी भएको फ्रान्सको दैनिक पत्रिका ले पेरिसियनले जनाएको छ।

सातपटक बालोन डी’अर अवार्ड जित्न सफल ३५ वर्षीय मेस्सी कप्तान रहेको अर्जेन्टिनाले गएको आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ हराएर विश्वकप उपाधि उचालेको थियो।

“विश्वकपका दौरान मेस्सीसँग कम्तीमा अर्को १ सिजन क्लबमा रहने गरी समझदारी भएको थियो,’’ उक्त पत्रिकामा लेखिएको छ। यो विषयमा पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन।

पीएसजीका अध्यक्ष नासेर अल-खेलाफीले मेस्सी फ्रेन्च लिग वान विजेता क्लबमा खुसी भएको बताएका थिए। उनले यसै महिनाको सुरुमा मेस्सीसँगको सम्झैताबारे विश्वकपपछि छलफल हुने बताएका थिए।

जारी सिजन मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा गरी १२ गोल र १४ असिस्ट गरेका छन्। मेस्सी २०२१ मा बार्सिलोनाबाट २ वर्षको सम्झौतामा पीएसजी आएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×