जनमत पार्टीद्वारा सोमवारदेखि अनिश्चिकालको लागि रौतहट बन्दको आह्वान

रौतहट । केही दिन यता प्रदर्शनरत जनमत पार्टीले सोमबारदेखि रौतहट बन्द गर्ने घोषणा गरेको छ । 

पार्टीको जिल्ला समन्वय समिति रौतहटले अनिश्चितकालीन जिल्ला बन्द गर्ने घोषणा गरेको हो । 

जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वरप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चित कालको लागि रौतहट बन्दको आह्वान गरिएको जानकारी दिनुभयो । 

विज्ञप्तिमा कृषिप्रधान देश नेपालको मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशासँग जोडिएको यहाँका किसानहरुले हरेक वर्ष बिउ विजन, मलखादको अभाव खेपिरहेको उल्ल्ेख छ । 

बिउ विजन , मल खाद र सिचाईको व्यवस्था गर्न तिनै तहका सरकारसँग पटक पटक माग गर्दा पनि वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ । उल्टै कृषकहरुमाथि राज्यले दमनकारी नीति अख्तियार गरेको भन्दै जनमत पार्टीले रौतहटबाट अनिश्चित कालको लागि मधेस बन्दको शुरु गर्न लागेको उल्लेख छ । 

बन्दका बेला खाद्य, औषधि पसल, अति आवश्यक सवारी साधन र संचारकर्मी तथा संचार माध्यमका सवारी साधनको सञ्चालनमा भने रोक नलगाइने उल्लेख छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×