प्रियंकाको सम्बन्धबिच्छेदको हल्ला बारे आमा मधु चोपडाले खोलिन् मुख

भारत। बलिउड तथा हलिउडमा समेत चर्चा कमाएको प्रियंका चोपडा र निक जोनसको जोडी अहिले चर्चामा छ। सामाजिक सञ्जालबाट अभिनेत्री  प्रियंकाले पतिको थर अचानक हटाएपछी उनीहरुको चर्चा सञ्जालमा हुन थालेको हो। यसैबिच प्रियंकाकी आमा मधु चोपडाले यसबारेमा बोलेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार मधुले सम्बन्धबिच्छेदको हल्ला गलत भएको बताएकी छिन्। र, उनले यस्तो अफवाह नफैलाउन अनुरोध गरेकी छिन्। आमाको यस्तो बयानसँगै जोडीका प्रशंसकहरुले खुशी व्यक्त गरेका छन्। प्रियंकाले पनि उनीहरु सम्बन्ध ठिक रहेको संकेत दिएकी छिन्। उनले पति निकको पोस्टमा प्रेमिल कमेन्ट गरेकी छिन्। प्रशंसकहरू उनले पतिको थर हटाउनुको कारण चाडैं बताउनेमा विश्वस्त छन्।
प्रियंकाले भर्खरै पति निक जोनसको पोस्टमा गरेको कमेन्ट:

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×