काठमाडौं । नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् ।