मन्त्री झाँक्रीको निर्देशनमा तम्घास सडक कालाेपत्रेका लागि ५ करोडकाे टेण्डर, स्थानीय खुशी

काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया बजेट परेको छ । सदरमुकाम तम्घास वजार क्षेत्रका सम्पूर्ण कालोपत्रे सडकहरुको मर्मत गर्नका लागि मन्त्री झाँक्रीको पहलमा ५ करोडको टेण्डर भएको छ ।

शहरी विकास मन्त्री रामुकमारी झाँक्रीले सडकका लागि बजेटको ब्यवस्था मिलाएर संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीलाई सोमवार तत्काल टेण्डर प्रकृया अगाडि बढाउन निर्देशन दिएकी थिइन्। मन्त्रीकै निर्देशनमा रुपन्देहीले मगंलवार टेण्डर निकालेको हो ।

लामो समयदेखि सदरमुकाम तम्घास बजार क्षेत्रका कालोपत्रे सडकहरु भत्केर खाल्डाखुल्डी भएकाले एकीकृत समाजवादी गुल्मी पार्टीका जिल्ला इन्र्चाज गणेश खनाल,अध्यक्ष नरेश भण्डारी,नेताहरु हिमाल थापा,श्रीराम महत,राजेन्द्र सुनार,राममल्ल ठकुरी,महेन्द्र भण्डारी लगायतका नेताहरुसगै रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल,नेपाली काग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले समेत मन्त्री रामुकमारीलाई उक्त सडक मर्मतका लागि वजेटको व्यवस्था मिलाईदिनुहुन आग्रह गर्नुभएकाे थियाे । उक्त आग्रहलाई स्वीकार गदै मन्त्री झाँक्रीले तम्घासका सडकका लागि ५ करोड वजेटको ब्यवस्था गरेका थिए ।

टेण्टर खुलेसँगै सडक कालाेपत्रे हुने भएपछि स्थानीय खुशी भएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×