विश्वप्रकाशको प्रश्न : प्रचण्ड जनयुद्धका नायक कि दन्त्य कथाका ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुद्धको नायक प्रचण्ड हुन् दन्त्य कथाका भन्दै प्रश्न गरेका छन् । कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा उनले सहकारी ठगीमा संलग्न जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको भनाइ आएको भन्दै प्रचण्डलाई प्रश्न गरेका हुन् ।

‘अघिल्लो सरकारले भगाएको हो जीबी राईलाई ? के जीबीलाई नारायणकाजी श्रेष्ठले भगाउनु भएको हो’, उनले भने, ‘प्रचण्ड दन्त्य कथाका नायक हुन् कि १० वर्षे विद्रोहको नायक प्रचण्ड हुन् ?’ प्रधानमन्त्रीको पद दमदार रहे पनि आज प्रधानमन्त्री पिँजडाभित्र बसिरहेको देखिएको उनले बताए । शर्माले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? भनेर पनि प्रश्न गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×