काठमाडौँ - नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन्।
उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा राजनीतिक परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तनको महशुस नभएको गुनासो गरेका छन्।
उनले लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरुको मात्र पेवाजस्तै रहेको टिप्पणी गरेका छन्। उनले राजनीतिक परिवर्तन हुँदा केहीको जीवन पद्धती परिवर्तन भभएको तर भुईँमान्छेहरुका भावनाको कहिल्यै कदर नभएको पनि गुनासो पोखेका छन्।
उनले आफूले अब भुँई मान्छेका आवाज सदनमा बुलन्द बनाउने र त्यसको लागि बर्दिया २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-
"विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडी बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन ! लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरूकाे मात्र पेवा जस्तै रह्ययाे ।
केही काे जिवन पद्वति परिवर्तन भयाे र भुईमान्छे हरूका भावनाहरूकाे कहिल्यै कदर भएन्न ! अब भुई मान्छेका आवाजहरूलाई सदमान बुलन्द गर्न मैले बर्दिया जिल्लाकाे क्षेत्र नं.२ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट प्रतिनिधि सभा सदस्यकाे लागि आज उम्मेदवारि घाेषणा गर्दछु ।
बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya ) का लागि म अनवरत रूपमा लागरहने प्रतिवद्वता ब्याक्त गर्दछु । यहाँ सम्म यहाँहरूले गरेकाे माया, सद्भाव, आत्मियता अवस्मरणिय छ र आगामि दिनहरूमा यहाँहरू सम्पुर्णकाे साथ सहयाेगकाे लागि हार्दिक-हार्दिक अनुराेध गर्दछु। जय राष्ट्रबाद !"