प्रदेश १ सत्ता गठबन्धनको न्यूनत्तम साझा कार्यक्रम सार्वजनिक

काठमाडाैं । प्रदेश १ सरकारले क्षेत्रगत र नीतिगत प्राथमिकताहरूलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आगामी तिन महिना भित्र चैत्र मसान्त भित्र कोभिड विरुद्धको निःशुल्क खोप प्रदेशवासीलाई उपलब्ध गराउनेदेखि प्रदेशको नामकरणलाई उच्च प्राथमिकता दिने सँगै सरकारका भौतिक संरचना निर्माणलाई महत्त्वमा राख्दै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा कोभिड १९ का कारण सङ्कटग्रस्त उद्योग,पर्यटन व्यवसाय, सञ्चार,यातायात लगायत अन्य सेवा उद्योगहरूको उत्थान तथा प्रभावित श्रमजीवी तथा बेरोजगारमा राहतको विशेष आर्थिक  प्याकेजको व्यवस्था गर्ने कार्यक्रम तय गरेकाे छ ।

त्यस्तै, उत्पादनमुखि अर्थतन्त्र तथा राष्ट्रिय पुँजी निर्माणमा जोड, भ्रष्टाचारको छानबिन,चरम गरिबीको अन्त्य,आपूर्ति सुधार नियन्त्रणमा अग्रसरता दिने लगायतका विषयलाई पनि प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा समेटेको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×