सानेपा-कुलेश्वर जोड्ने पुलमुनि भेटियो अज्ञात पुरूषको शव

ललितपुर - ललितपुरमा एक पुरूष मृत फेला परेका छन्। बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुलमुनी एक पुरूष मृत फेला परेका हुन्।

अन्दाजी ४०-४५ वर्षीय पुरूष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिएका छन्। ती पुरूष बागमती करिडोरको फुटपाथमा रहेको वालसहितको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको सनाखत हुन बाँकी नै रहेको एसपी पोखरेलले बताए।

बिहान स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको हो। प्रहरीले मुचुल्का उठाएर शवको पोष्टमर्टम गर्न पाटन अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×