काठमाडौँ - युवापुस्ता माझ परिचित गायक हुन्- स्वप्न सुमन। उत्तिकै परिचित माेडल तथा नायिका हुन्- ज्याेत्सना याेगी।
यी दुवै सेलिब्रिटी बिहीबार विवाह बन्धनमा बाँधिए। साधारण तर परम्परागत रूपमा।
विवाहका बारेमा यी दुईका परिवार र नातागोता बाहेक सबैले ज्याेत्सनाको सामाजिक सञ्जाल इन्स्टाग्रामबाट थाहा पाए। विवाहका तीन फाेटाे राख्दै उनले लेखेकी छिन्, 'मैले स्वप्न सुमनसँग विहे गरें। सबैले आशीर्वाद दिनुहाेला।'
फाेटाेमा थुप्रै कलाकारहरूले याे जाेडीलाई बधाई दिइरहेका छन्।
यो जोडी बिच केहि समय अघिदेखि प्रेम सम्बन्ध थियो।