अब फुटबलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने

काठमाडौँ - अब फुटबल खेलका क्रममा पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ। कोरोना भाइरसको महामारीपछि लागू गरिएको पाँच खेलाडी परिवर्तनको नियमलाई फिफाले स्थायी बनाएको हो।

फुटबलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायीरूपमा मान्यता दिएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले कोरोनाका कारण रोकिएको फुटबल पुनः सुरु भएपछि पाँच खेलाडी परिवर्तनको नियम बनाएको थियो। २०२२/२३ को सिजन सुरु हुनुअघि यसलाई पूर्ण रूपमा स्थायी नियम बनाइने भएको छ।

यसअघि फुटबलमा तीन खेलाडी परिवर्तन गर्ने नियम रहेको थियो। यस्तै, फिफाले यही विश्वकपबाट सेमि अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरिरहेको छ।

विश्वकप आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म कतारमा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×