काठमाडौँ - एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ। खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु भएको छ।
नेपाल आज बहराइनलाई पराजित गर्दै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ। यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो।
बहराइन पनि नेपाललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ। यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो।
समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा रहँदा बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा रहेको छ।
यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ।