हार्दिकको कप्तानीमा भारतको टिम घोषणा

काठमाडौँ - भारतले आयरल्याण्डविरुद्धको टी-२० अन्तराष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ। भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधवार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो।

भारतले हार्दिक पाण्डयको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा भुवनेश्वर कुमार रहेका छन्।

यस्तै टोलीमा राहुल त्रिपाठी र सन्जु सामसन अटाएका छन्। भारतले आयरल्याण्डसँग दुई खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×