भदौ ३ मा फिल्म ‘माइकल अधिकारी’ प्रदर्शन हुने

काठमाडौँ - ‘सरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने पद्दतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ।

उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशब्यापी रिलिज हुने भएको छ। निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन्।

गोपीकृष्ण मूभिजको ब्यानरमा नीरक पौडेलले समेत निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।

फिल्ममा यी दुबै कलाकारले बिपन्न परिवारको दम्पतीको भूमिका निर्वाह गरेका छन्। पोस्टरमा सौगातको चरित्रले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्। अर्कोतिर पैसाको थुप्रो चित्रण छ।

फिल्मले आर्थिक अभावमा कसरी मातृवात्सल्यलाई पनि बिक्री गर्न बाध्य छन् भन्ने कथा पेश गरेको छ। फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहराको पनि अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×