एमसिसीसम्बन्धी भ्रम निवारण गर्न प्रशिक्षण कार्यक्रम

काठमाडौँ - कांग्रेसले एमसिसीसम्बन्धी भ्रम निवारण र वास्तविकता प्रसारणका लागि प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने, निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरी, पार्टी पङ्क्ति र जनतासमक्ष पनि आचारसंहिताबारे विस्तारितरूपमा सुसूचित गर्नेलगायतका कार्य अभियानअन्तर्गत रहेका छन्।

निर्वाचनमा पार्टीका उम्मेदवारको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृष्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित ‘वन बुथ हन्ड्रेड युथ’ को अवधारणाबमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने पार्टी कार्यालयले जनाएको छ। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×