पाल्पा - रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ।
५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिइन्।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएका छन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए।
कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ।