काठमाडौँ। बलिउड अभिनेता जोन अब्राहमको आउँदो चलचित्र 'अट्याक'को टिजर सार्वजनिक गरिएको छ। चलचित्र जोन आफैले निर्माण गरेका हुन्, जसमा उनी सैनिकको भूमिकामा रहेका छन्।
लक्ष्यराज आनन्दको निर्देशनमा बनेको चलचित्रमा जोनका अलावा राकुलप्रीत सिंह, ज्याक्लिन फर्नान्डिज, प्रकाश राज, रत्न पाठक शाह आदि कलाकारहरुको अभिनय रहेको छ। गत जनवरीमै प्रदर्शनमा आउनु पर्ने चलचित्र कोरोनाका कारण पछी सरेको हो। अब चलचित्र १ अप्रिलबाट प्रदर्शनमा आउनेछ।
ट्रेलर