काठमाडौँ। चलचित्र ‘फिच्यो’ (कान्छी छोरी) नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गरिने भएको छ। नेपाली, अंग्रेजी र गुरुङ भाषामा निर्माण भएको चलचित्र पुष ३ गते ल्होसारको अवसर पारेर काठमाडौँको रानीदेवी पार्टी प्यालेस र अमेरिकामा युनाइटेट गुरुङ एसोसिएसन अफ अमेरिका (युजिएसए) ले विशेष प्रदर्शन गर्न लागेको निर्माण पक्षले जनाएको छ। विकास घले गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा आदि कलाकारहरुको अभिनय रहेको छ। रेड ओसिएन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास घलेको कथा, प्रकाश गुरुङ (काश) का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत समावेश छ। शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको चलचित्रमा गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन, संस्कृति देखाईएको छ। चलचित्रमा युवावर्गको कथा देखाईएको छ।