काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज हुने भनिएको खेल रद्द भएको थियो। तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिम विचको खेल टस भएर वर्षाका कारण रद्द भएको हो।
सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। टस भएको खेल रद्द हुँदा टस जित्ने टोली नै विजेता हुनेछ। यसअघि सेमिफाइनलमा एनआरएनए नेपाल पुलिससँग १३ रनले पराजित भएको थियो।
त्यस्तै सुदूरपश्चिम र आर्मीविचको खेल रद्द भएको थियो। समुह विजेताको हैसियतमा आर्मी फाइनल पुगेको हो। उपाधिका लागि आर्मी र पुलिस आज खेल्दै छन्।