काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित नामावली अनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । यसअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम हुने आयोगले जनाएको छ ।