बालेन शाहले जाँचबुझ आयोगमा १५ प्रश्नको ३ पृष्ठ लामो लिखित जवाफ पेश

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनमा भएको दमनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा तीन पृष्ठ लामो लिखित जवाफ बुझाएका छन्। आयोगले सोधेका १५ वटा प्रश्नको उत्तर समेटिएको लिखित बयान उनले सोमबार अपराह्न ४ बजे आयोगमा पेश गरेको उनको सचिवालयले जनाएको छ।

आयोगले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत आफ्नो भनाइ राख्न पत्र पठाएको थियो। सोही क्रममा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावलीसहितको पत्र पठाइएपछि उनले आयोगसमक्ष लिखित जवाफ बुझाएका हुन्।

जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे सत्य तथ्य पत्ता लगाउने उद्देश्यसहित गठन गरिएको आयोगले विभिन्न सरोकारवाला पक्षसँग बयान संकलन गरिरहेको छ। मेयर शाहको लिखित जवाफसँगै आयोगको अनुसन्धान प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×