काठमाडौँ - स्पेनिस स्ट्राइकर डिएगो कोस्टा इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले अनुबन्ध भएका छन्। उल्भ्सले सोमबार यस सिजनका लागि कोस्टालाई फ्रि-ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ।
स्ट्राइकर सासा कालाजिक र राउल जिमेनेज घाइते भएपछि उल्भ्सले कोस्टा अनुबन्ध गरेको हो। कोस्टा ब्राजिलको एट्लेटिको मिनिरो छाडेपछि क्लबविहीन थिए।
स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको सम्झौता अन्त्य गर्दै कोस्टा गत सिजन ब्राजिलियन क्लब पुगेका थिए। तर, उनको सम्झौता जनवरीमा सकिएको थियो।
कोस्टाले क्लबका लागि १२ ब्राजिलियन सिरी ‘ए’ लिग खेलमा ४ गोल गरेका छन्।