डेंगी नियन्त्रण गर्न वीरगञ्जमा आजदेखि विशेष अभियान चलाईंदै

पर्सास्थित जिल्ला स्वास्थ्य कार्यालयले आजदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमण रोकथामका लागि अभियान सञ्चालन गर्ने गर्दैछ । 

जिल्ला स्वास्थ्य कार्यालयले वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा डेंगी संक्रमण रोकथामका लागि वडा नम्बर १ देखि १६ सम्म विशेष अभियान सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य कार्यालयले मंगलबार वीरगञ्जमा आयोजना गरेको डेंगी, मलेरिया, कालाजार, जीका, इन्सेफ्लाइटिस बायोलार्भिसाइट नियन्त्रण बारे अभिमुखीकरण कार्यक्रममा महानगर क्षेत्रमा बुधबारदेखि डेंगी संक्रमण रोकथामका लागि अभियान चलाउने निर्णय गरेको हो । 

बुधबारदेखि स्थलगत रुपमा स्वयम्सेविकाहरु परिचालन भई जनचेतनामूलक गतिविधि सन्चालन गर्ने निर्णय भएको बैठकले गरेको छ । साथै लामखुट्टे तथा अन्य परजीवी नियन्त्रणका लागि बायोलार्भिसाइट छर्ने पनि निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×